मेरा बा र पुरानो कोट
मेरा बा
पुरानै कोटमा पनि
नयाँ मुस्कुराउँछन ।
त्यो कोट
ठ्याक्कै बा जस्तै छ –
बाको झरेको कपाल
र कोटमा नअडिएको रङ
मीत लगाइदिए हुन्छ !
आधुनिक दास व्यवस्था
मालिकको स्तुतिगान गर्न
भट्टिमा जन्माइएका दास अनुहारहरु
यतिबेला बोमिट झैँ पोखीएका छन्
छरपस्ट जताततै !
सम्साँझै,
दासहरुलाई लाग्दो हो –
भट्टि नै जीवन हो !
र यो साँझ अनन्त छ ।

Recent Comments