हरेक बर्ष
पुँजीवादको ह्याङओभरमा
बिक्छन केही थान शरीरहरु
उपभोग्य बस्तु झैँ
एलिटहरुका निम्ति,
होर्डिङ बोर्डको निम्ति ,
ब्रान्डेड मदिराको निम्ति ,
अनि बिज्ञापनका निम्ति,
र, चुनिन्छन केही थान कथित सुन्दरीहरु
“मिस नेपाल”को नाममा !
गजब लाग्छ ,
यो चरम पुँजीवादी महंगीमा
शरीर चैँ कति सस्तो हगि?
ए पुँजीवाद!
सुन्दरताको जति सुकै सुन्दर परिभाषा बनाउ
त्यो त्यति नै कुरुप हुन्छ ।

