सहरमा
झुठहरुको खरिदबिक्री तीब्र छ !
जस्तो कि,
प्रेमको पहिलो प्रभाव
शारीरिक आकर्षण हुँदै होईन ।
जस्तो कि,
प्रेम अन्ततोगत्वा
वर्गीय हुँदै हुँदैन ।
जस्तो कि,
जीवनभर एउटै मान्छेसँग
उसरी नै उत्तिनै प्रेम गरिरहन सम्भव छ ।
जस्तो कि,
जिन्दगीको ज्यामितीमा
प्रेमका धर्साहरु
समानान्तर रुपमा दौडिन्छन् ।
जस्तो कि,
एण्डार्फिन विना पनि
प्रेम हुन सम्भव छ ।
सहरमा
झुठहरुको खरिदबिक्री तीब्र छ !
जस्तो कि,
हिजो भर्खर केहीथान झुठ बोलेर
मैले तिमीलाई आफ्नो बनाएको छु।
❤️ अनाम किरण 
