हामीले उतारिरह्यौँ
खोलामा आँफुखुसी हामफालेका
गुलावी कमिलाहरुलाई !

हामीले बचाईरह्यौँ
पँखेटा खसेर पछारिन थालेका
काला कमिलाहरुलाई !

पौडिने लालसामा
गुँड छोडी हिँडेका कमिलाहरुलाई
बगाउँदै ल्याएको पानीको दिशा
कतिन्जेल हामीले बदलीरहने ?

कृत्रिम सफरमा उड्दाउड्दै
आधार भुलेका कमिलाहरुलाई
पछार्दै गरेको गुरुत्वाकर्षणको सत्य
हामीले कतिन्जेल उल्ट्याईरहने ?

पहाडजस्तो विचारलाई
उँटजस्तो कुरुप बनाउने
कमिलाजस्ता मान्छेहरु जोगाउन
आकाश थामेजस्तो गरिरहेका छौँ
हुटिट्याउँ जस्ता हामीहरु !

✍️ अनाम किरण 

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories