भन्नेहरूले
संसदीय काट्टो खाएपछि
समाजवाद मिल्छ भनिदिएछन् !
एक हुल कमरेडहरू
तालु खौरिएर
जनै–धोती भिरेर
मार्क्सवादलाई स्वाहा गरिरहेछन् ।
कमरेडहरू !
यो महायज्ञवाट फुर्सद मिल्यो भने
बिनाहिच्किचाहट आए हुन्छ
चोकबाट देब्रे बाटो
हामी केही थान स्वप्नजीवीहरू
त्यहीँ रातोझन्डा उठाउँदै हुनेछौँ ।
अहिलेलाई चैँ
मसानघाटमै स्वर्ग मिलोस्
तपाईंहरूलाई शुभकामना !
र मिल्छ भने
जिन्दगी खोज्न हिँडेका
हामी मनुवाहरूलाई पनि
तपाईंहरूले एकथान शुभकामना दिँदैमा
आकाशै खस्ला र ?
– अनाम किरण
