र,
यतिखेर मेरो देश
“गाई”मा अल्झ्यो।
कुनै दिन मेरो देश
लगभग यसरी नै अल्झेको थियो
“बफ” म:म:हरुमा,
पाडाका सुकुटीहरुमा,
सुँगुरका भुटनहरुमा,
र, कुखुराका “लेग पिस”हरुमा !
रसाएको मुखलाई
जातको जुँघाले छेकेन
न छेक्यो कुनै पुराण र कुरानले
न रोक्यो कुनै बाईबल र त्रिपिटकले
र उल्लेखित अछुत परिकारहरु
कालान्तरमा सर्वस्वीकार्य भईछाड्यो ।
यसपालि
बाच्छी जंगलमा हुलेर,
बुढीगाई सडकमा लखेटेर,
गढीमाईमा पाडाको बली चढाएर,
च्वाँचे चाखेको थुतुनो बोलीरहेछ –
“गाई हाम्री आमा हुन ।”
कसैले सुनाईदेउ उसलाई
उसकी एउटी आमा
बृद्दाश्रममा मृत्यु कुरीरहेछीन् ,
उसकी अर्की आमा
सिमानामा जिन्दगी खोजीरहेछीन् ।
उसले यत्ति बुझोस् ,
कुनैदिन उसले पनि
बिफ सँगको सेल्फी हाल्नेछ
जसरी आज उसले फेसबुकमा
बफ म:म:को सेल्फी हालीरहेछ ।
त्यो दिन
कमसेकम आजको रमिता सम्झेर
उ चुकचुकाउनु नपरोस् ।
(-अनाम किरण )
