
'आधुनिक दास व्यवस्थाको उन्मुलन गरौँ' ✍️ अनाम किरण
मालिकको स्तुतिगान गर्न
भट्टिमा जन्माइएका दास अनुहारहरु
यतिबेला बोमिट झैँ पोखीएका छन्
छरपस्ट जताततै !
सम्साँझै,
दासहरुलाई लाग्दो हो –
भट्टि नै जीवन हो !
र यो साँझ अनन्त छ ।
अनि, ठोकिन्छन सरावका गिलासहरु
चियर्स !!
मालिक अमर छन् ।
दासता सत्य हो ।
चियर्स !!
मालिक भगवान हुन !
हामी भक्त हौँ !
चियर्स !!
मालिक नै सर्वेसर्वा हुन !
मालिकको बोली नै कानुन हो !
चियर्स !!
मालिकले चारो फालुञ्जेल
दासहरु जन्मिरहन्छन् ।
र बर्बराईरहन्छन !
बर्बराउ !
बिष वमन गर !
नाङ्गिएर प्रस्तुत होउ !
बौचारिक अश्लीलता देखाउ !
मालिकको आरति उतार !
तर याद गर,
‘मालिक’ले जन्माउने भनेको
‘दास’ नै हो !
इमान र बिचार बन्धक राखेर
चाकडी र घृणाको यात्रामा
तिमी जति टाढा पुग्छौ,
त्यति नै अफ्ठ्यारो हुन्छ
मुलबाटोमा फर्किन !
दास होइन साथी बनौँ !
सहयात्री र सहयोद्दा बनौँ !
यत्ति बुझ !
भट्टि, मालिक र दानापानी नै
अन्तिम सत्य होइन !
आउ !
यो आधुनिक दास व्यवस्थाको
उन्मुलन गरौँ ।
