जब जब उठ्छ प्रश्न
दलाल र चोरहरु बारे
चोरको खुट्टा काट् भन्दै !
तब तब दलाल र चोरहरु
खुट्टा तान्दै बेतोडले कुद्दै
कुण्ठा, आक्रोश र पीडामा
निर्लज्ज भई लेख्छन्
एक थान अश्लील लघुकथा !
फाटेको रुमालको टुक्रो जत्रो
केहीथान लघुकथाले
तिम्रो नग्नता ढाकिँदैन महोदय !!
– अनाम किरण

