राजनीति
फोहोरी खेल हुँदै होइन !
यो त केहीथान शासकहरुले
जबर्जस्त सृजना गर्न खोजेको
कथित भ्रम मात्रै हो।
वास्तवमा,
राजनीतिका ठेकेदारहरू चाहान्नन् कि-
कोही झुपडीका भुईँमान्छेहरु
ईमान सहित राजनीतिमा आओस्
र, रिप्लेस गरोस् उनीहरुलाई नै !
र त
यस्तै अघोषित सिन्डिकेटहरुले
राजनीतिलाई व्यापार बनाईदिन्छ
र बेचिन्छन् केही थान ब्रान्डहरु/अनुहारहरु
प्रत्येक चुनावमा !
अनि ,
सँगसँगै बेचिन्छन्
हाम्रा सुन्दर भविष्यहरु पनि !
तर पनि
राजनीति फोहोरी खेल त हुँदै होइन ।
बरु राजनीति त
शासकका खराब आदतहरुले
निरन्तर बदनामीत छ
सदीयौंदेखि !

