तिमीलाई लाग्दो हो-
हामी संयोगले मरिरहेका हौँ।
सत्य यो हो कि –
हामी त संयोगले बाँचिरहेका छौँ।
हामी त फगत मृत्यु कुरिरहेका छौँ।
अफसोच यत्ति हो-
शासकको नजरमा
हामी जनावर जत्तिकै पनि भएनौँ।
हामी मान्छे जस्ता पनि भएनौँ।
हामीलाई त बस्-
अफसोच मनाउने बेला मात्रै
जिउँदा छौँ जस्तो लाग्छ,
हामीलाई त बस्-
शोक मनाउने बेला मात्रै
जिउँदा छौँ जस्तो लाग्छ।
शासकको नजरमा
उहिल्यै मरिसकेका हामीहरु
आफ्नै नजरमा
के अझै ज्युँदै छौँ?

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories