राज्य चिसो छ !

आँफुलाई न्यानो बनाउन
हरेक जाडोमा उ आगो झोस्छ
गरिबका झुपडीहरुमा !

कठ्याङ्ग्रिँदो जाडो र शितलहरमा
आँफु दनदनी बलेर
राज्य र शासकलाई आत्मसन्तुष्टि दिन्छन्
कैयन कुसुमखोलाहरु !

थाहा छैन,
कति घर जलाएपछि
कति टौवामा आगो बालेपछि
कति गोठ भत्काएपछि
राज्यलाई ‘चिसो’ लाग्दैन ?

तर,
राज्यलाई हेक्का रहोस् !
आज आँफु जलेका कुसुमखोलाहरु
यिनै कोईला अगुल्टाहरुलाई साँचेर
कुनै दिनको चैते हुरीबतासमा
राज्यलाई जलाउने हैसियत राख्दछ !

ए शासक !
गरिबको चुलोमा आगो बाल
झुपडी, गोठ र टौवामा होइन !

✍️ अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories